Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

राष्ट्रियसभाको उपाध्यक्ष पदका आज निर्वाचन हुँदै, एमाले र कांग्रेसबाट उम्मेदवार

राष्ट्रियसभाको उपाध्यक्ष पदका आज निर्वाचन हुँदै, एमाले र कांग्रेसबाट उम्मेदवार

  • बुधवार, चैत्र २८ २०८०

  • 428
    SHARES

  • राष्ट्रियसभाको उपाध्यक्ष पदका आज निर्वाचन हुँदै, एमाले र कांग्रेसबाट उम्मेदवार

    काठमाडौँ । राष्ट्रियसभाको उपाध्यक्ष पदका आज बुधबार निर्वाचन हुँदै छ । उपाध्यक्षका लागि हिजो एमाले र कांग्रेसका तर्फबाट छुट्टाछट्टै दुई जनाको उम्मेदवारी दर्ता भएको छ ।

    एमालेका तर्फबाट विमला घिमिरेले उम्मेदवारी दर्ता गराउनुभएको छ । घिमिरेको प्रस्तावकमा सांसद भगवती न्यौपाने र समर्थकमा सांसद गोपीबहादुर सार्की अछामी हुनुहुन्छ ।

    यस्तै, कांग्रेसको तर्फबाट विष्णुदेवी पुडासैनीले उम्मेदवारी दर्ता गराउनुभएको छ । पुडासैनीको प्रस्तावकमा सांसद दुर्गा गुरुङ र समर्थकमा सांसद नारायणदत्त भट्ट हुनुहुन्छ । तत्कालीन उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएपछि निर्वाचन हुन लागेको हो ।

    एमाले उम्मेदवार घिमिरेलाई सत्ता गठबन्धनका दलहरूले मतदान गर्ने भएका छन् भने नेपाली कांग्रेसकी उम्मेदवार पुडासैनी भने अन्य साना दलहरूको मत तन्ने प्रयासमा छिन् ।

     


    बुधवार, चैत्र २८ २०८००६:५७:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij