Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

चालु आवमा आर्थिक वृद्धिदर राम्रो हुने प्रक्षेपण छ : अर्थमन्त्री पुन

चालु आवमा आर्थिक वृद्धिदर राम्रो हुने प्रक्षेपण छ : अर्थमन्त्री पुन

  • मंगलवार, चैत्र २७ २०८०

  • 646
    SHARES

  • चालु आवमा आर्थिक वृद्धिदर राम्रो हुने प्रक्षेपण छ : अर्थमन्त्री पुन

    काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष (आव) २०८१÷८२ को बजेटमा पूर्वाधार, कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राखिने बताउनु भएको छ।

    नेपाल भ्रमणमा रहेका एसियाली विकास बैंक (एडीबी) का दक्षिण एसिया महानिर्देशक ताकेयो कोनेसीसँग आज मन्त्रालयमा भएको भेटमा मन्त्री पुनले ती क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिने बताउनु भएको हो ।

    पुनले आर्थिक रूपमा शिथिलता भए पनि सुधार प्रयास गरिरहेको बताउनुभयो । गत वर्षभन्दा चालु आवमा आर्थिक वृद्धिदर राम्रो हुने प्रक्षेपण भइरहेको भन्दै उहाँले ४ प्रतिशत हाराहारीमा आर्थिक वृद्धि हुने देखिएको उल्लेख गर्नुभएको छ ।

    आगामी आवमा थप राम्रो गर्न सकिने विश्वास मन्त्री पुनले व्यक्त गर्नुभयो । उत्पादनमूलक क्षेत्रमा वृद्धि घटेको देखिए पनि पर्यटन क्षेत्रमा १९ प्रतिशतको वृद्धि देखिएको उहाँले बताउनुभयो । पुनले विश्व बैंक र एडीबीको लगानीमा सञ्चालित विकास आयोजनामा खर्च प्रगति कम रहेको बताउनुभयो।

    आन्तरिक र दातृ निकायको लगानीमा सञ्चालित विकास आयोजनामा खर्च बढाउन आयोजना सम्बद्ध मन्त्रालयसँग निरन्तर संवाद र परामर्श गरिरहेको उहाँको भनाइ थियो ।


    मंगलवार, चैत्र २७ २०८००६:२३:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij