Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

लगानी सम्मेलन सफल बनाउन प्रधानमन्त्रीको आग्रह

लगानी सम्मेलन सफल बनाउन प्रधानमन्त्रीको आग्रह

  • मंगलवार, चैत्र २७ २०८०

  • 624
    SHARES

  • लगानी सम्मेलन सफल बनाउन प्रधानमन्त्रीको आग्रह

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महिना हुने लगानी सम्मेलन सफल बनाउन नेपालस्थित विदेशी राजदूतावास, कूटनीतिक नियोग र विकास साझेदारहरूसँग आग्रह गर्नुभएको छ ।

    सिंहदरबारमा आयोजित कुटनीतिज्ञ एवम् विकास साझेदारहरूको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाललाई लगानी गन्तव्यको रूपमा स्थापित गर्न विकास साझेदारहरू र नेपालमा रहेका सबै देशका कूटनीतिक नियोगहरूको महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो ।

    ‘लगानी सम्मेलनमा सक्रिय रूपमा संलग्न हुन र अधिकतम क्षमता बढाउन विकास साझेदारहरू, द्विपक्षीय र बहुपक्षीय विकास साझेदार संस्थाहरू र नेपालमा रहेका कूटनीतिक नियोगहरूबाट सहयोगको अपेक्षा गर्दर्छौं,’ प्रधानमन्त्री प्रचण्डले भन्न्ुभएको छ ।

    सङ्घीय सरकारका मन्त्रालयहरूसँगै प्रादेशिक र स्थानीय सरकारका परियोजनाहरूलाई समान प्राथमिकतामा राखिएको जानकारी गराउँदै प्रधानमन्त्री प्रचण्डले सरकार लगानीमैत्री वातावरण बनाउन कानून परिमार्जन, प्रक्रियागत सुधार गर्न र परियोजना अवधिभर लगानीकर्ताहरूलाई अवरोध हुन नदिने वातावरण सुनिश्चित गर्न नेपाल सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभएको छ ।

     


    मंगलवार, चैत्र २७ २०८००५:४३:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij