काठमाडौं । राप्रपाको प्रदर्शनमा प्रहरीले पानीको फोहोरा हानेको छ ।
४० बुँदे माग राखेर आन्दोलनमा उत्रिएको राप्रपाको जुलुस भृकुटीमण्डपबाट सुरु भएको थियो । सिंहदरबारतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले रोकेको थियो । तर जुलुस अगाडि बढेपछि प्रहरीले पानीको फोहोरा हानेको छ ।
राप्रपाले सरकारसमक्ष पेश गरेको ४० बुँदे माग पूरा गराउन दबाब दिने उद्देश्यले काठमाडौं केन्द्रित जनप्रदर्शन गरेको हो । यसलाई राप्रपाको शक्ति प्रदर्शनको रुपमा हेरिएको छ ।
राप्रपाले गणतन्त्र खारेज गर्नुपर्ने, राजासहितको शासन व्यवस्था हुनुपर्ने, धर्मनिरपेक्षता खारेज गरी नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने लगायतका माग राख्दै आएको छ । त्यसैले राप्रपाले आजको प्रदर्शनलाई ‘अवस्था बदल्न व्यवस्था बदलौं’ भन्ने मुख्य नारा दिएको छ ।