काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख चार दलका शीर्ष नेताहरुलाई छलफलका लागि बोलाउनुभएको छ ।
सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका सन्दर्भमा नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको मागसहित सदन चल्न नदिने अल्टिमेटम दिएकाले सभामुखले दलका शीर्ष नेतासँग छलफल गर्न लाग्नुभएको हो ।
छलफलका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका सभापति रवि लामिछानेलाई बोलाइएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिनुभयो । बिहान १० बजे बोलाइएको छलफल दिउँसो २ बजेका लागि सारिएको छ । बैठक सभामुखको कार्यकक्ष सिंहदरबारमा बस्दै छ ।
घिमिरेले हिजो नै चारै नेतालाई टेलिफोन गरेर छलफलको समय निर्धारण गर्नुभएको हो