Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

उपनिर्वाचनका लागि आज उम्मेदवारको नामावली प्रकाशन गरिने

उपनिर्वाचनका लागि आज उम्मेदवारको नामावली प्रकाशन गरिने

  • सोमवार, चैत्र २६ २०८०

  • 387
    SHARES

  • उपनिर्वाचनका लागि आज उम्मेदवारको नामावली प्रकाशन गरिने

    काठमाडौं । आगामी वैशख १५ गते हुने उपनिर्वाचनका लागि आज सोमबार उम्मेदवारको नामावली प्रकाशन हुँदैछ। यस्तै आजै साँझ उम्मेदवारको सूची प्रकाशन गर्ने निर्वाचन आयोगको कार्यतालिका रहेको छ।

    आयोगको कार्यतालिकाअनुसार आइतबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म उमेदवारको विरोधमा उजुरी दिने समय थियो। अपराह्न ३ बजेपछि सोमबार अपराह्न ५ बजेसम्ममा उजुरीमाथि जाँचबुझ गरिने कार्यतालिकामा उल्लेख छ। तर इलाम र बझाङका निर्वाचन कार्यालयका अनुसार निर्धारित समयभित्र कुनै पनि उम्मेदवारविरुद्ध उजुरी परेन।

    यसैगरी मंगलबार बिहान ९ देखि दिउँसो १ बजेसम्म उमेदवारी फिर्ताको समय दिइएको छ। २७ गते दिउँसो ३ बजेसम्म उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ५ बजेसम्म निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका छ।

    उपनिर्वाचन हुने इलाम-२ मा २० र बझाङ १ (१)मा १२ जनाले उमेदवारी दर्ता गराएका छन्।  


    सोमवार, चैत्र २६ २०८००७:३९:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij