Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

कोरोना संक्रमणवाट थप ६ जनाको मृत्युु

कोरोना संक्रमणवाट थप ६ जनाको मृत्युु

  • सोमवार, कार्तिक १० २०७७

  • 814
    SHARES

  • कोरोना संक्रमणवाट थप ६ जनाको मृत्युु

    नेपालमा कोरोना संक्रमणबाट थप ६जनाको मृत्युु भएको छ । मृत्युु हुुनेमा ४ जना गण्डकी प्रदेशका छन भने मोरङ र सुुनसरीका एक एक जना रहेका छन् ।
    गण्डकी प्रदेशमा थप थप ४ जनाले मृत्युु भएको छ । योसँगै प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ६७ पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
    निर्देशनालयका अनुसार पोखरा महानगरपालिका–५ का ५५ वर्षीय कोरोना संक्रमित पुरुषको गए राति ९ः१० बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारका क्रममा निधन भएको हो
    यस्तै, अर्का मृतक नवलपुरको गैंडाकोट–५ का ७३ वर्षीय कोरोना संक्रमित पुरुषको गए राति चितवन मेडिकल कलेज, चितवनमा उपचारका क्रममा निधन भएको हो ।
    अर्का मृतक पनि नवलपुरकै रहेका छन् । कावासोती–२ का ७७ वर्षीय कोरोना संक्रमित पुरुषको आज बिहान २ः३० बजे मध्यबिन्दु अस्पताल, नवलपुरमा उपचारका क्रममा निधन भएको छ ।

    यसैगरी, पोखरा महानगरपालिका–१५ का ७८ वर्षीय कोरोना संक्रमित महिलाको गए राति ११ बजे चरक मेमोरियल अस्पताल, पोखरामा उपचारका क्रममा निधन भएको छ ।

    यसैबीच बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत थप दुईजना कोभिड–१९ संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङका ६३ वर्षीय पुरुष तथा सुनसरीकी ८३ वर्षीया महिला रहेकी छन् ।


    सोमवार, कार्तिक १० २०७७०१:२६:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij