Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

एमाले केन्द्रीय कार्यालयको बैठक आज बस्दै

एमाले केन्द्रीय कार्यालयको बैठक आज बस्दै

  • आइतवार, चैत्र २५ २०८०

  • 269
    SHARES

  • एमाले केन्द्रीय कार्यालयको बैठक आज बस्दै

    काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालयको बैठक आज बस्दै छ ।

    वैशाख ८ देखि १० गते हुने प्रतिनिधि परिषदको बैठक व्यवस्थापनका विषयमा छलफल गर्न बैठक दिउँसो १ बजे च्यासलमा बस्ने नेता महेश वर्तौलाले नेपाली रेडियो नेटवर्कलाई जानकारी दिनुभयो ।

    बैठकले प्रतिनिधि परिषदका विषयमा व्यापक छलफल गरी सचिवालयलाई सुझाउने तयारी छ । यसैगरी इलामको उपनिर्वाचनको तयारी, कार्यकर्ता परिचालन, प्रचार शैली आदिका विषयमा पनि छलफल हुने बर्तौलाले जानकारी दिनुभयो ।

    महासचिवको नेतृत्वमा हुने एमालेको केन्द्रीय कार्यालयमा उप–महासचिव, सचिवहरु र कार्यालय सचिव रहने व्यवस्था छ ।
    केहीदिन भित्रै सचिवालयको बैठक बसेर प्रतिनिधि परिषदमा पेश हुने एजेण्डा र प्रतिवेदनलाई पनि अन्तिम रुप दिने एमालेको तयारी छ ।


    आइतवार, चैत्र २५ २०८०१०:१३:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij