Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

उपनिर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराएकाविरुद्ध आज उजुरीर जाँचबुझ हुने

उपनिर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराएकाविरुद्ध आज उजुरीर जाँचबुझ हुने

  • आइतवार, चैत्र २५ २०८०

  • 294
    SHARES

  • उपनिर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराएकाविरुद्ध आज उजुरीर जाँचबुझ हुने

    काठमाडौं । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि मनोनयन भएका उम्मेदवारविरूद्ध आज उजुरी लिइने निर्वाचन आयोगले जनाएको छ ।

    उजुरी दिन आज बिहान १० बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको छ भने साँझ ५ बजे आयोगले उम्मेदवारको मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने जनाइएको छ । यस्तै चैत २६ गते अपराह्न ५ देखि साँझ ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।

    यसैगरि चैत २७ गते उम्मेदवारको नाम फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको छ ।

    आगामी वैशाख १५ गते इलाम–२ र बझाङमा बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान हुँदैछ । शनिबार भएको उम्मेदवारी दर्तामा इलाम– २ मा २० जनाले उम्मेदवारी दर्ता गराएका छन, भने बझाङ प्रदेशसभा १ मा १२ जनाको उम्मेदवारी परेको छ ।


    आइतवार, चैत्र २५ २०८००८:३८:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij