Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

सत्ताको मोहले राजनीतिक अस्थिरता बढ्दो, काम भन्दा स्टण्टले प्रशय पाउँदै (खास खबर)

सत्ताको मोहले राजनीतिक अस्थिरता बढ्दो, काम भन्दा स्टण्टले प्रशय पाउँदै (खास खबर)

  • शनिवार, चैत्र २४ २०८०

  • 487
    SHARES

  • सत्ताको मोहले राजनीतिक अस्थिरता बढ्दो, काम भन्दा स्टण्टले प्रशय पाउँदै (खास खबर)
    काठमाडौं । नेपालको राजनीतिक इतिहासमा व्यवस्था परिवर्तन भएपनि जनताको अवस्थामा सुधार हुन नसक्दा जनतामा नैराश्यता छाउँदै गएको छ । जनतामा महत्वकांक्षा बढाइदिने तर काममा प्रगति नहुने गरेका कारण मुलुकको गति कहाँ पुगेर ठोकिन्छ त्यसै भन्न सकिने अवस्था छैन । राजनीतिक दलहरूमा नैतिकताको खडेरी आउँदा इमानदारिता हराउँदै गएको छ । राजनीतिक रटान र यर्थाथमा वास्तविकता फरक बन्दै गएको छ । जसका कारण दलभित्रै एकअर्का माथि आरोप प्रत्यारोपको श्रृंखला बढिरहेको पाइन्छ । केही समयअघि परिवर्तन भएको समीकरणका कारण मुलुकको ठूलो दल नेपाली कांग्रेस पुनः प्रतिपक्षमा पुगेको छ । आपसी कुण्ठा र द्वेषका कारण एकअर्कालाई चिढाउने कार्यले उग्र रूप लिँदै गएको छ । जनताका चित्र आँखा अगाडि स्पष्ट हेर्दा समस्या नै समस्या रहेको हुँदा रास्वपाले केही गर्ने हुटहुटीमा रहेको नेता शीव नेपालीको भनाइ छ । प्रश्न उठ्दै गर्दा त्यो कतिको ओजिलो छ त्यसमा भरपर्ने नेपालीको तर्क छ ।
     
    पछिल्लो समय काम कम प्रचार बढी गर्ने प्रचलनको हाबी भएको छ । आफ्नै जिम्मामा आएको कामलाई समेत आलटाल गर्ने प्रवृत्ति र लोकप्रियताका नाममा स्टण्ट देखाउने जमातको कमी छैन । नेकपा एमालेका नेता एवं खानेपानी मन्त्री राजेन्द्र राईले पछिल्लो समय विकासले गति लिँदै गएको र यसमा थप मलजल गर्ने काम जिम्मेवारीमा भएकाहरूको रहने हुँदा परिणाममा प्रतिबद्ध हुनुपर्ने बताउनुभयो । 
     
    नेपाली कांग्रेसले भने सरकारका कामकारबाही र जिम्मेवार पदमा बसेकाहरूलाई खबरदारी गरिरहेको छ । विभिन्न काण्डमा मुछिएकाहरू राज्यको महत्त्वपूर्ण जिम्मेवारीमा बसेको हुँदा यसले सुशासन नभई कुशासनको बाटोमा लैजाने नेता कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माको भनाइ छ । 
     
    नेपालसँगै विकासको गति लिएका मुलुकहरू विश्व प्रतिस्पर्धामा रहेका बेला यहाँको अवस्था कमजोर बन्दै गएको छ । विदेशिने दर बढिरहेको छ भने जनताले समस्या झेलिरहेका छन् । मुलुक विकासका निम्ति एकसोचका साथ अगाडि बढ्न सके मात्रै विकास र समृद्धिको आभास गर्न सकिन्छ । 
     


    शनिवार, चैत्र २४ २०८००७:५६:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij