Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

इलाममा सुहाङ नेम्वाङलाई सघाउने माओवादीको औपचारिक निर्णय

इलाममा सुहाङ नेम्वाङलाई सघाउने माओवादीको औपचारिक निर्णय

  • शनिवार, चैत्र २४ २०८०

  • 505
    SHARES

  • इलाममा सुहाङ नेम्वाङलाई सघाउने माओवादीको औपचारिक निर्णय

    काठमाडौं । आगामी वैशाख १५ गते इलाम–२ मा हुने उपनिर्वाचनमा माओवादी केन्द्रले नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई सघाउने निर्णय गरेको छ।

    माओवादी केन्द्र र एमाले दुवै पार्टीका इलाम जिल्ला संयोजकले विज्ञप्ति जारी गर्दै उक्त निर्णय गरेको जनाएका छन्।

    एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच चुनावी तालमेल गर्ने उच्चस्तरीय समझदारी भएबमोजिम इलाम२ को उपनिर्वाचनमा एमालेका उम्मेदवार नेम्वाङलाई सघाउने निर्णय भएको विज्ञप्तिमा जनाइएको छ।

    विज्ञप्तिमा भनिएको छ, ‘आगामी २०८१ वैशाख १५ गते हुन लागिरहेको इलाम(२ प्रतिनिधि सभा उपनिर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच नेकपा एमाले केन्द्रीय अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्र अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच चुनावी तालमेल गर्ने उच्चस्तरीय समझदारी भएकोले इलाम(२ मा नेकपा एमालेको उम्मेदवार सुहाङ नेम्बाङ्गलाई साझा उम्मेदवारको रूपमा अत्यधिक बहुमतका साथ विजयी गराउन आम मतदाता, शुभेच्छुक, समर्थक आमाबुबा, दाजुभाइ दिदीबहिनीहरूमा हार्दिक अपिल गर्दछौँ।'

     


    शनिवार, चैत्र २४ २०८००८:४८:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij