Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

उपनिर्वाचनका लागि आज मनोनयन पत्र दर्ता गर्ने कार्यतालिका

उपनिर्वाचनका लागि आज मनोनयन पत्र दर्ता गर्ने कार्यतालिका

  • शनिवार, चैत्र २४ २०८०

  • 424
    SHARES

  • उपनिर्वाचनका लागि आज मनोनयन पत्र दर्ता गर्ने कार्यतालिका

    काठमाडौँ । उपनिर्वाचनका लागि आज मनोनयन पत्र दर्ता गर्ने कार्यतालिका रहेको छ ।

    आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज बिहान १० देखि साँझ ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिन सकिने निर्वाचन आयोगले जनाएको छ । इलाम–२ र बझाङ प्रदेश १ मा आयोगले उपनिर्वाचन हुँदै छ । वैशाख १५ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ ।

    यस्तै, आजै साँझ ६ बजे उम्मेदवारको मनोनयन पत्र दर्ता भएको सूची प्रकाशित गरिने आयोगले जनाएको छ । यस्तै उम्मेदवारको विरोधमा उजुरी दिनका लागि भोलि बिहान १० बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको छ । साँझ ५ बजे आयोगले उम्मेदवारको मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्नेछ ।

    निर्वाचन कार्यक्रम अनुसार चैत २६ गते अपराह्न ५ देखि साँझ ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ । चैत २७ गते उम्मेदवारको नाम फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम छ ।

     


    शनिवार, चैत्र २४ २०८००६:५५:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij