Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

नाउपाकी प्रदेशसभा सदस्य ईन्दिरालाई कारबाही नगर्न सभामुखलाई कांग्रेसको आग्रह

नाउपाकी प्रदेशसभा सदस्य ईन्दिरालाई कारबाही नगर्न सभामुखलाई कांग्रेसको आग्रह

  • बिहिवार, चैत्र २२ २०८०

  • 2.2K
    SHARES

  • नाउपाकी प्रदेशसभा सदस्य ईन्दिरालाई कारबाही नगर्न सभामुखलाई कांग्रेसको आग्रह

    काठमाडौं । नेपाली कांग्रेसले नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले प्रदेशसभा सदस्य इन्दिरा गिरीलाई गरेको कारबाही अगाडि नबढाउन सभामुख भीमबहादुर भण्डारीलाई आग्रह गरेको छ ।

    कृषि राज्यमन्त्री समेत रहेकी गिरीलाई नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले कारबाही गरेको जानकारी बुधबार सभामुख भण्डारीलाई गराउनुभएको थियो ।

    बिहीबार भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले सभामुखलाई भेटेर कारवाही प्रक्रिया अघि नबढाइदिन अनुरोध गर्नुभएको हो ।

    भेटमा देउवाले मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने बताउँदै बैठक सार्नुपर्ने अवस्थामा खबर गर्न समेत सभामुखलाई आग्रह गर्नुभएको छ ।

    देउवा केहीबेर अघि सभामुख भण्डारीलाई भेटेर प्रदेश सभा सचिवालयबाट बाहिरिनुभएको छ । पार्टीको निर्देशन उल्लंघन गरेको भन्दै पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले समानुपातिक सांसद गिरीलाई कारवाही गर्नुभएको थियो ।


    बिहिवार, चैत्र २२ २०८००२:०९:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij