Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

संसदीय समिति बनाउन कांग्रेसले दिएको अल्टिमेटम सकिएको घोषणा

संसदीय समिति बनाउन कांग्रेसले दिएको अल्टिमेटम सकिएको घोषणा

  • बुधवार, चैत्र २१ २०८०

  • 1.1K
    SHARES

  • संसदीय समिति बनाउन कांग्रेसले दिएको अल्टिमेटम सकिएको घोषणा

    काठमाडौं । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले गृहमन्त्रीमाथि छानविन गर्न संसदीय समिति बनाउन कांग्रेसले दिएको अल्टिमेटम सकिएको घोषणा गर्नुभएको छ ।

    बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शर्माले गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको विषयलाई छानविन गर्न संसदीय समिति बनाउनका लागि दिइएको अल्टिमेटम सकिएको घोषणा गर्नुभएको हो ।

    उहाँले विगतमा संसद अवरुद्ध भएको र तोडफोडसमेत भएको आफूहरुले देखेको भन्दै प्रतिपक्षको विनम्रता र शालिनता कमजोरी लाग्यो ? भनेर प्रश्नसमेत गर्नुभयो ।

    उहाँले आगामी संसद बैठकमा आउँदा संसदीय छानविन समिति बनाएर आउन सरकारलाई अपील गर्नुभयो । नेपाली कांग्रेस संसदीय छानविन समिति बनाउने कुरामा दायाँबायाँ नहुने उहाँको भनाइ छ।


    बुधवार, चैत्र २१ २०८००२:२५:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij