Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

बागमतीमा एमालेबाट थप ४ जना मन्त्री बन्दै

बागमतीमा एमालेबाट थप ४ जना मन्त्री बन्दै

  • मंगलवार, चैत्र २० २०८०

  • 618
    SHARES

  • बागमतीमा एमालेबाट थप ४ जना मन्त्री बन्दै

    काठमाडौं । नेकपा एमालेबाट थप ४ जना मन्त्री बन्ने भएका छ्न् ।

    मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयमा प्रकाश श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयमा केशव पोखरेल, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालयमा एकालाल श्रेष्ठ र स्वास्थ्य मन्त्रालयमा रामेश्वर श्रेष्ठलाई मन्त्री नियुक्त गरिने भएको हो । मन्त्रीहरूको शपथ आजै दिउँसो ३ बजे हुने बताइएको छ ।

    चारजनामध्ये प्रकाश श्रेष्ठ पहिलो पटक मन्त्री बन्न लागेका हुन् भने अन्य तीनजना जम्कट्टेल नेतृत्वको मन्त्री मण्डलमा पहिलो पटक मन्त्री भइसकेका थिए । एमालेबाट यसअघि आर्थिक मामिला मन्त्रीको रूपमा जगन्नाथ थपलियाले सरकारमा प्रवेश गरिसकेका छन् ।

    योसँगै बागमतीमा एक विना विभागीय मन्त्रीसहित १३ सदस्यीय मन्त्रीमण्डल बन्ने भएको छ । जसमा माओवादीको तर्फबाट मुख्यमन्त्रीसहित ४ जना, एमालेबाट ५ जना, समाजवादीवाट विना विभागीय मन्त्री सहित ३ र हाम्रो नेपाली पार्टीबाट १ जना मन्त्री बनेका छन् ।


    मंगलवार, चैत्र २० २०८००१:४९:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij