Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

संयुक्त नेपाली महासंघ मुम्बईको नयाँ कार्यसमिति गठन

संयुक्त नेपाली महासंघ मुम्बईको नयाँ कार्यसमिति गठन

  • मंगलवार, चैत्र २० २०८०

  • 1.0K
    SHARES

  • संयुक्त नेपाली महासंघ मुम्बईको नयाँ कार्यसमिति गठन

    काठमाडौं । संयुक्त नेपाली महासंघ मुम्बईको नयाँ कार्यसमिति युवराज न्यौपानेको अध्यक्षतामा निर्विरोध चयन गरिएको छ ।

    महासंघको अर्थ र संगठन उपाध्यक्षमा रवि भट्टराई, शिक्षा र संस्कृति उपाध्यक्षमा सीता काफ्ले, महासचिवमा विष्णु काफ्ले, सह महासचिवमा भीमराज गैरे, संगठन सचिवमा चन्द्र सिंह, अर्थ सचिवमा प्रेम बैक, शिक्षा सचिवमा मेखा चौहान, सांस्कृतिक सचिवमा बैजन्ती रावल र कोषाध्यक्षमा राज रावल चयन हुनुभएको छ ।

    निर्वाचित सबैलाई निर्वाचन अधिकृत अधिबक्ता मिन बहादुर रावलले सपथ गराउनु भएको र निर्वाचन सचिव शितल भण्डारीले कार्यक्रम सञ्चालन गर्नु भएको मुम्बई स्थीत नेपाली समाजसेवी सागर भण्डारीले जानकारी दिनुभयो ।

    कार्यक्रममा महासंघका पुर्व अध्यक्षद्धय भरत रावल, धिर रावल, नेपाली कामदार सेनाका अध्यक्ष मास्टर थापा, मनकामना एकता फाउन्डेसनका अध्यक्ष मोतीलाल न्यौपाने, सगरमाथा फाउन्डेसनका अध्यक्ष सुनील बराल, महासंघका वरिष्ठ सलाहकार जगत ब सिंह, तारा शर्मा, संरक्षक सदस्य तथा सल्लाहकार काशी पाण्डेय, खुमलाल गैरे, नवराज थापा, पूर्व उपाध्यक्ष पूर्ण कुँवर, आई बी कुँवर, गोपी थापा लगायतले नवनिर्वाचित पदाधिकारीहरुलाई शुभकामना मन्तव्य दिनु भएको थियो ।

    मुम्बईको दादर स्थित शारदा आश्रम विद्यामन्दिर सभागृहमा भएको कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि, बुद्धिजीवी लगायत करीब १५० जनाको सहभागीता थियो ।

    कार्यक्रममा बुधिराम पाण्डेय, हरी पाण्डेय, पिंकी रवि भट्टराई, शकुन्तला पाण्डेय, ज्योति पाण्डेय, ऋचा अर्याल, निरज कोइराला, उदयराज जोशी, विष्णु खत्री, टेक प्रसाद पराजुली, महेन्द्र अर्याल, नेपाल दर्पणकी सम्पादक देवी पांडे, संरक्षक सदस्य राजेश गनेर लगायतले महासंघलाई नेपालीको सेवामा केन्द्रत अझ धेरै कार्यक्रमहरु गर्न सुझाव दिनु भएको थियो ।
    नयाँ कार्यसमितिको कार्यकाल दुई बर्षको हुने व्यवस्था रहेको छ ।


    मंगलवार, चैत्र २० २०८०१०:०३:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij