Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

नेकपा एकीकृत समाजवादीले बागमती प्रदेशमा मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने

नेकपा एकीकृत समाजवादीले बागमती प्रदेशमा मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने

  • सोमवार, चैत्र १९ २०८०

  • 1.2K
    SHARES

  • नेकपा एकीकृत समाजवादीले बागमती प्रदेशमा मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले अन्ततः बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा यसबारे सहमति भएको हो ।

    मुख्यमन्त्री जम्कट्टेलले आजै विश्वासको मत लिने कार्यसूची रहेको छ । नेकपा एकीकृत समाजवादी बागमती प्रदेशसभाका संसदीय दलका नेता कृष्णप्रसाद खनालले आफ्नो पार्टीले मुख्यमन्त्रीलाई मत दिने जानकारी दिनुभयो ।

    कांग्रेसले सरकारको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिनुपर्ने बाध्यात्मक अवस्था बनेको थियो । सोही अनुसार मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव सचिवालयमा दर्ता गराउनुभएको हो ।

    सरकार टिकाउन मुख्यमन्त्री जम्कट्टेललाई ५६ सांसदको मत आवश्यक पर्छ । प्रदेशसभामा नयाँ गठबन्धनमा आबद्ध एमालेका २७, माओवादी केन्द्र २१ र एकीकृत समाजवादीका ७ गरी ५५ मत छ  । हाम्रो नेपाली पार्टीका २ सांसद रहेका छन् । प्रदेशसभामा कांग्रेसका ३७, राप्रपाका १३ र नेमकिपाका ३ सांसद छन् ।

     


    सोमवार, चैत्र १९ २०८००१:५७:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij