Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

नेपाल ’ए’ले आज आयरल्यान्ड वुल्भ्ससँग अन्तिम खेल खेल्दै

नेपाल ’ए’ले आज आयरल्यान्ड वुल्भ्ससँग अन्तिम खेल खेल्दै

  • सोमवार, चैत्र १९ २०८०

  • 983
    SHARES

  • काठमाडौं। काठमाडौंमा जारी नेपाल ‘ए’ र आयरल्यान्ड वुल्भ्सबिचको अन्तिम खेल आज हुँदैछ।

    घरेलु मैदानमा आयोजित ट्वान्टी–२० शृंखलामा नेपालले यसअघीका २ खेलमा पराजय भोगिसकेको छ। दुई देशबीचको खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १ बजे शुरू हुनेछ।

    यसअघिका दुई खेलमा घरेलु टिमविरुद्ध जीत निकाल्दै शृंखला जितिसकेको आएरल्याण्ड वुल्भ्सले आजको खेल पनि जितेको खण्डमा नेपाल ‘ए’ विरुद्धको ट्वान्टी–२० शृंखलामा ‘क्लिन स्वीप’ गर्नेछ ।

    विनोद भण्डारीको कप्तानीमा रहेको नेपाल ‘ए’ भने आज जितसहित शृंखलाको सुखद् अन्त्य गर्ने लक्ष्यमा हुनेछ। ट्वान्टी–२० शृंखलापछि दुई टिमले तीन खेलको एकदिवसीय शृंखलामा प्रतिस्पर्धा गर्नेछन्। एकदिवसीय शृंखला बुधबारदेखि शुरू हुनेछ।

     


    सोमवार, चैत्र १९ २०८००६:४७:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij