Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

उपनिर्वाचनका उम्मेदवार तय गर्ने
  • आइतवार, चैत्र १८ २०८०

  • 797
    SHARES

  • कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक
    काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
     
    बैठक चैत्र २० गते मंगलबार दिउँसो २ बजे सभापति शेरबहादुर देउवाको निजी निवास, बुढानीलकण्ठमा बस्ने केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।
     
    ‘बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ।
     
    सभापति देउवाको निजी निवास बुढानीलकण्ठमा बस्ने बैठक आगामी वैशाख १५ मा हुने उपनिर्वाचन केन्द्रित हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो । बैठकले इलाम–२ र बझाङ प्रदेशसभा (१) को उम्मेदवार तय गर्ने उहाँले बताउनुभयो ।
     


    आइतवार, चैत्र १८ २०८००२:०७:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij