Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

नेपालमा हिन्दु धर्मको बारेमा अनास्था फैलाउन कसरी पैसा आइरहेको छ ?

नेपालमा हिन्दु धर्मको बारेमा अनास्था फैलाउन कसरी पैसा आइरहेको छ ?

  • आइतवार, चैत्र १८ २०८०

  • 555
    SHARES

  • नेपालमा हिन्दु धर्मको बारेमा अनास्था फैलाउन कसरी पैसा आइरहेको छ ?

    काठमाडौं । नेपाली कांग्रेसका सांसद रमा कोइराला पौड्यालले अमेरिकाबाट नेपालमा हिन्दु धर्मको बारेमा अनास्था फैलाउन पैसा आइरहेको विषय उठाउनुभएको छ ।

    आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद कोइरालाले अमेरिकी संसद्‌मा नेपालमा सनातन धर्ममाथि अनास्था फैलाउन पैसा पठाएको भनेर प्रश्न उठेको उल्लेख गर्दै त्यसको बारेमा सत्य तथ्य संसद्‌मा जानकारी गराउन प्रधानमन्त्रीलाई आग्रह समेत गर्नुभएको छ ।

    सांसद कोइरालाले भन्नुभयो– ‘मैले सुन्दैछु, अमेरिकाको संसद्‌मा नेपालीहरूको धर्ममाथि अनास्था फैलाउनका लागि पैसा विनियोजन गरियो, बाँडियो भनेर । त्यो पैसा के कारणले र कसरी आइरहेको छ ? हाम्रो सनातनदेखि चलेको धर्ममाथि अनास्था जगाउने काम कसरी भइरहेको छ ? यसको खोजी सरकारले गर्नुपर्छ भनेर आग्रह गर्न चाहन्छु । सरकारले चाँडोभन्दा चाँडो यो कुराको खोजी गरेर कसले पैसा ल्याइरहेको छ ? कसले हिन्दु सनातन धर्मको अनास्था फैलाउने काम गरिरहेको छ ? त्यसको निर्क्यौल हुनुपर्छ भनेर यो संसद समक्ष राख्न चाहन्छु ।’

    प्रधानमन्त्रीलाई संसदमा त्यसबारे जानकारी गराउन समेत उहाँको भाग रहेको छ । यस्तै उहाँले कमल विनायक–नगरकोट सडक निर्माणमा भइरहेको ढिलाइको विषय पनि उठाउनुभएको छ । प्रधानमन्त्रीका घरबेटीले ठेक्का पाएको सो सडक अझै कालोपत्रे नभएको उहाँले ध्यानाकर्षण गराउनुभयो ।


    आइतवार, चैत्र १८ २०८००१:३६:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij