Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

सहकारी पीडितलाई गृहमन्त्रीले ललिपप खुवाएर घर पठाए

सहकारी पीडितलाई गृहमन्त्रीले ललिपप खुवाएर घर पठाए

  • आइतवार, चैत्र १८ २०८०

  • 966
    SHARES

  • सहकारी पीडितलाई गृहमन्त्रीले ललिपप खुवाएर घर पठाए

    काठमाडौं । नेपाली कांग्रेसकी सांसद सीता मिजारले सहकारी पीडितलाई न्याय दिलाउन सरकारले काम गर्न नसकेको बताउनुभएको छ ।

    आइतबारको प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै उहाँले सहकारी पीडितलाई गृहमन्त्री लामिछानेले आश्वासको ललिपप मात्र खुवाएर घर पठाएको बताउनुभयो ।

    ‘गृहमन्त्रीज्यूले सहकारीबाट ठगीमा ३५ हजार भन्दा बढी सहकारी पीडितलाई न्याय दिलाउने आश्वासनको ललिपप खुवाएर घर पठाउनु भयो । तर सहकारी पीडितलाई न्याय दिलाउने कुरामा यो सरकारले सिन्को बाँचेको छैन,’ सांसद मिजारले भन्नुभयो ।

    उहाँले सहकारी ठगीमा जोडिएका जीबी राईलाई कहिले पक्राउ गर्ने भन्दै गृहमन्त्री लामिछानेमाथि प्रश्न उठाउनुभएको छ। गृहमन्त्री लामिछानेमाथि लागेको सहकारी ठगीको आरोपमा सरकारी निकायले प्रस्टीकरण दिएर मुक्ति नमिल्ने सांसद मिजारको भनाइ छ ।

    ‘गृहमन्त्रीमाथि लागेको आरोप सरकारी निकायले दिएको स्पस्टीकरणको भरमा उहाँले आरोपबाट उन्मुक्ति पाउने हो ? छानविनको दायरामा आउनु पर्दैन ?,’ उहाँको प्रश्न छ ।


    आइतवार, चैत्र १८ २०८००१:३१:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij