काठमाडौं । महालेखा परीक्षकमा नेपाल सरकारका सचिव तोयम राया सिफारिस हुनुभएको छ । संवैधानिक परिषदको बिहान बसेको बैठकले रायाको नाम सिफारिस गरेको सभामुख देवराज घिमिरेले बताउनुभयो ।
हाल केन्द्रीय तथ्यांक कार्यालयका सचिव रहेका उहाँ पूर्वअर्थसचिवसमेत हुनुहुन्छ । संसदीय सुनुवाइबाट अनुमोदन भएमा उहाँ राष्ट्रपति रामचन्द्र पौडेलबाट नियुक्त हुनुहुने छ ।