काठमाडौं । संवैधानिक परिषदको बैठक बस्दैछ। संवैधानिक निकायमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्न बैठक बस्न लागेको हो। बैठक आज बिहान ९ बजेका लागि बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
आज आइतबार नै बैठक बोलाइए पनि सभामुख देवराज घिमिरे जेनेभा भ्रमणमा गएकोले बैठक एक हप्ताका लागि सारिएको थियो। आजको बैठकमा केही संवैधानिक परिषदका पदाधिकारी नियुक्तिको सम्भावना रहेको छ।