काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले सुदूरपश्चिम प्रदेश सरकार छाड्न संसदीय दलका नेतालाई निर्देशन दिनुभएको छ ।
चौधरीले शुक्रबार प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीलाई लिखित निर्देशन दिनुभएको छ । १४ चैतमा टीकापुरमा बसेको पार्टी बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको भन्दै उहाँले पत्रमा लेख्नुभएको छ, ‘सोही बमोजिम सरकारबाट बाहिर आउन निर्देशन गर्दैछु, अन्यथा पार्टीको विधान आकर्षित गरिनेछ ।’
चौधरीको यो निर्देशनपछि पार्टीका संरक्षक रेशम चौधरी र उहाँको झगडा छताछुल्ल भएको छ । कतिपयले यो झगडा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री पाउने दाउ रहेको आंकलन गरेका छन् ।