Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

क्यामरुनको एक स्कुलमा अन्धाधुन्ध गोली चल्दा आठ बालबालिकाको मृत्यु

क्यामरुनको एक स्कुलमा अन्धाधुन्ध गोली चल्दा आठ बालबालिकाको मृत्यु

  • आइतवार, कार्तिक ९ २०७७

  • 1.5K
    SHARES

  • क्यामरुनको एक स्कुलमा अन्धाधुन्ध गोली चल्दा आठ बालबालिकाको मृत्यु

    अफ्रिकी देश क्यामरुनको एक स्कुलमा बन्दूकधारीहरुले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा आठ बालबालिकाको मृत्यु भएको छ । कुम्बास्थित मदर फ्रान्सिस्का इन्टरनेशनल बायोलिंगुअल एकेडेमीमा गोली चल्दा बालबालिकाहरुको ९ देखि १२ वर्षसम्मका ८ बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ।

    त्यस्तै, यस हमलामा १२ भन्दा धेरै बच्चा घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । प्रहरीका अनुसार नौ जना हमलाकारीहरुले मिलेर आक्रमणलाई संभव तुल्याएका हुन् । क्यामरुनी राष्ट्रपति मुसा फती महमतले ट्वीटरमार्फत घटनाको निन्दा गरेका छन् ।


    आइतवार, कार्तिक ९ २०७७०४:०४:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij