Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

रास्वपाका उम्मेदवार मिलन लिम्बु अवसरवादी !

रास्वपाका उम्मेदवार मिलन लिम्बु अवसरवादी !

  • शुक्रवार, चैत्र १६ २०८०

  • 2.7K
    SHARES

  • रास्वपाका उम्मेदवार मिलन लिम्बु अवसरवादी !

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम २ मा उम्मेदवार बनाएका मिलन लिम्बूले माओवादीबाट राजीनामा नदिएको खुलेको छ । लिम्बु माओवादीको उपत्यका विशेष प्रदेश समितिमा आवद्ध थिए भने माओवादीनिकट प्रेस सेन्टरको सचिव थिए ।

    प्रेस सेन्टरले हिजो एक विज्ञप्ति जारी गरी लिम्बुलाई संगठनको जिम्मेवारीबाट मुक्त गरेको जनाएको छ । सेन्टरका महासचिव सन्तोष पौडलद्वारा जारी विज्ञप्तिमा लिम्बूले संगठनको नीति, विधि, विधान र आचरणविपरीत केही समयदेखि सामाजिक सञ्जाल र मिडियामा अभिव्यक्ति दिएको तथा अनुशासनविपरीत गतिविधि गरिरहेको उल्लेख छ ।

    पछिल्लो समयमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट निर्वाचनमा उम्मेदवार बनेको देखिएको र संगठनको नेतृत्वको सुझाव र निर्देशनसमेत वेवास्ता गरी चरम अवसरवादी प्रवृत्तिको प्रदर्शन गर्दै त्यस्ता हर्कत र गतिविधि जारी राखेकाले संगठनको अनुशासन समितिको सिफारिसमा आजकै मितिदेखि सबै जिम्मेवारीबाट हटाइएको जानकारी गराइन्छ, विज्ञप्तिमा भनिएको छ ।

    रास्वपालाई मिलनले आफू माओवादीबाट अलग भइसकेको बताएका थिए ।

     


    शुक्रवार, चैत्र १६ २०८००२:२६:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij