Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

इलाम–२ मा राप्रपाले लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने

इलाम–२ मा राप्रपाले लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने

  • बिहिवार, चैत्र १५ २०८०

  • 739
    SHARES

  • इलाम–२ मा राप्रपाले लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने
    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले इलाम–२ का लागि उम्मेदवार तय गरेको छ। उसले लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
     
    ‘राप्रपाले इलाम क्षेत्र न. २ मा हुने प्रतिनिधि सभा सदस्य पदको उपनिर्वाचनमा श्री लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ, राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको आज बसेको संसदीय समितिको बैठकले गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।’ 
     
    २०७९ मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा त्यस क्षेत्रबाट एमालेका सुवास नेम्वाङ निर्वाचित हुनुभएको थियो। तर उहाँको निधन भएकाले वैशाख १५ मा उपनिर्वाचन हुँदैछ। त्यस क्षेत्रबाट एमालेले सुवासकै छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएको छ।
     
    प्रमुख दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीले भने उम्मेदवारको नाम टुंग्याइसकेका छैनन् ।
     
    image-166.webp
     
     
     


    बिहिवार, चैत्र १५ २०८००४:५३:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij