Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

राष्ट्रिय सभा उपाध्यक्ष अर्यालद्वारा राजीनामा

राष्ट्रिय सभा उपाध्यक्ष अर्यालद्वारा राजीनामा

  • बिहिवार, चैत्र १५ २०८०

  • 1.6K
    SHARES

  • राष्ट्रिय सभा उपाध्यक्ष अर्यालद्वारा राजीनामा
    काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिनुभएको छ। उहाँले बिहीबार अध्यक्ष नारायण दाहाल सक्षम राजीनामा दिनुभएको हो ।
     
    अर्याल २०७९ माघ २३ गते राष्ट्रिय सभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको थियो । माओवादी केन्द्रबाट निर्वाचित हुनुभएकी उहाँको पदावधि भने बाँकी नै छ। तर नयाँ गठबन्धन बनेपछि भएका सहमति अनुसार उहाँको पद भने धरापमा परेको थियो।
     
    फागुन २१ मा नयाँ गठबन्धन बन्दा माओवादी केन्द्रले अध्यक्ष र एमालेले उपाध्यक्ष लिने सहमति भएको थियो। तर पछि एकीकृत समाजवादी पनि गठबन्धनमा थपिएपछि सो सहमतिबारे मौनता कायम गरिएको थियो।
     
    नारायण दाहाल (राष्ट्रपतिबाट मनोनीत, माओवादी केन्द्र) राष्ट्रिय सभा अध्यक्षमा निर्वाचित भइसक्नुभएको छ । उपाध्यक्षमा एकीकृत समाजवादीले पाउने आकलन गरिएको छ।


    बिहिवार, चैत्र १५ २०८००३:१५:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij