Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

एमाले पूर्वसचिव टोपबहादुर रायमाझी अस्पताल भर्ना

एमाले पूर्वसचिव टोपबहादुर रायमाझी अस्पताल भर्ना

  • बिहिवार, चैत्र १५ २०८०

  • 734
    SHARES

  • एमाले पूर्वसचिव टोपबहादुर रायमाझी अस्पताल भर्ना

    काठमाडौं । नेकपा एमालेका पूर्वसचिव टोपबहादुर रायमाझी अस्पताल भर्ना हुनुभएको छ ।

    उहाँलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा चिकित्सकको निगरानीमा राखिएको छ । मुटुमा समस्या भएपछि नेता रायमाझीलाई हिजो भर्ना गरिएको थियो ।

    उपचारमा संलग्न वरिष्ठ मुटुरोग विशेषज्ञ डा. चन्द्रमणि पौडेलले उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिनुभयो । उहाँको मुटुको चालको निगरानी गर्न सेन्टरमा राखिएको पौडेलले बताउनुभयो ।

    रायमाझी हाल नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।


    बिहिवार, चैत्र १५ २०८०११:१२:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij