Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

केजरीवाल पक्राउमा अमेरिका बोलेपछि भारतले सोध्यो स्पष्टिकरण

केजरीवाल पक्राउमा अमेरिका बोलेपछि भारतले सोध्यो स्पष्टिकरण

  • बुधवार, चैत्र १४ २०८०

  • 2.5K
    SHARES

  • केजरीवाल पक्राउमा अमेरिका बोलेपछि भारतले सोध्यो स्पष्टिकरण

    काठमाडौं । भारतको आम आदमी पार्टीका अध्यक्ष तथा दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरिवाल पक्राउको विषयमा गरेको टिप्पणीलाई लिएर भारतले अमेरिकाको आलोचना गरेको छ ।

    मंगलबार अमेरिकाको स्टेट डिपार्टमेन्टले केजरिवालको स्वतन्त्र तथा निष्पक्ष अदालती प्रकृया गर्न आग्रह गरेपछि भारत चिढिएको हो । भारतको विदेश मन्त्रालयले एक रिलिज निकालेर औपचारिक विरोध गरेको छ ।

    विदेश मन्त्रालयको रिलिजमा भनिएको छ, ‘कूटनीतिमा देशहरूले एकअर्काका सार्वभौमसत्ता र आन्तरिक मामिलाप्रति सम्मान गर्नुपर्छ । प्रजातान्त्रिक देशले अर्को देशलाई त यो झनै गर्नुपर्छ ।’

    भारत त्यत्तिमै शान्त भएको छैन, दिल्लीमा भएका अमेरिकी कूटनीतिज्ञलाई स्पष्टीकरणसमेत सोधेको छ । भारतको एनडिटिभीका अनुसार दिल्लीस्थित अमेरिकी दूतावासका दोस्रो नेतृत्व ग्लोरिया बेर्बेनालाई स्पष्टीकरण सोधिएको हो । भारतको विदेश मन्त्रालयले उनलाई मन्त्रालयमा ३० मिनेट स्पष्टीकरण सोधेको थियो ।



    बुधवार, चैत्र १४ २०८००५:५७:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij