Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

रामहरि खतिवडाप्रति पृथ्वीसुब्बा गुरुङ आक्रामक

रामहरि खतिवडाप्रति पृथ्वीसुब्बा गुरुङ आक्रामक

  • बुधवार, चैत्र १४ २०८०

  • 1.8K
    SHARES

  • रामहरि खतिवडाप्रति पृथ्वीसुब्बा गुरुङ आक्रामक

    काठमाडौं । सांसद पृथ्वीसुब्बा गुरुङले राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाको बैठक राख्ने तरिकाप्रति गम्भीर आपत्ति जनाउनुभएको छ ।

    बुधबार बसेको समितिको बैठकमा सांसद गुरुङले आपत्ति जनाउनुभएको हो ।

    सांसद गुरुङले भन्नुभयो, ‘सभापति खतिवडाको बैठक राख्ने तरिकाप्रति गम्भीर आपत्ति छ । समितिको विषय क्षेत्र के के हुन् त्यसमा छलफल हुनुपर्छ । जताततै पसेर जे जे मन लाग्छ त्यो विषयमा छलफल गर्ने होइन । जो सँग आफ्नो रिस छ त्यो रिस पोख्ने थलो हो र यो । हामीले यस्तो गर्ने हो ? हाम्रो समितिले सहकारीको विषय हेर्ने हो र ? लघुवित्तको विषय हेर्ने हो ? सभापतिले के विषयमा छलफल गर्ने हो ट्वाक्क त्यही विषयमा छलफल गर्नुपर्‍यो त्यसका लागि हामीसँग छलफल गर्नुपर्‍यो ।’

    उहाँले जीवी राईलाई पक्राउ गर्ने प्रक्रिया कहाँ पुग्यो भन्दै प्रश्न समेत गर्नुभयो । गुरुङले भन्सार प्रशासनमा सुशासन कायम गर्न समेत आग्रह गर्नुभयो । भन्सार नाकामा सेटिङमा तस्करको नियन्त्रणमा कर्मचारी छन्। राजस्व उठेको छैन । राजस्व ४६ प्रतिशत मात्र उठेको छ । भन्सार प्रशासनमा सुशासन कायम गरौँ ।’


    बुधवार, चैत्र १४ २०८००२:०३:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij