Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

गैरआवासीय नेपाली सोसल क्लब ओमानले नेपाली नयाँ वर्ष उत्सव कार्यक्रम आयोजना गर्दै

गैरआवासीय नेपाली सोसल क्लब ओमानले नेपाली नयाँ वर्ष उत्सव कार्यक्रम आयोजना गर्दै

  • मंगलवार, चैत्र १३ २०८०

  • 564
    SHARES

  • गैरआवासीय नेपाली सोसल क्लब ओमानले नेपाली नयाँ वर्ष उत्सव कार्यक्रम आयोजना गर्दै
    काठमाडौं  । ओमानमा वैधानिक रूपमा दर्ता भएको गैरआवासीय नेपाली सोसल क्लब ओमानले नयाँ वर्ष २०८१ लाई ओमानमा पनि स्वागत गर्ने योजना अनुरूप ‘नेपाली नयाँ वर्ष २०८१ उत्सव’ साङ्गीतिक कार्यक्रम आयोजना गर्न गइरहेको छ । ओमानवासी नेपालीहरूको नेपाली नयाँ वर्ष विशेष बनाउने उद्देश्य अनुसार कार्यक्रममा नेपालका चर्चित हास्य कलाकार मनोज गजुरेल, गायक प्रकाश सपुत, गायिका दुलाल र नृत्यङ्गना अस्मिता राना मगर लाई अनुबन्धित गरिएको क्लबले एक अपिल प्रकाशित गरी जानकारी दिएको छ । 
     
    १२ अप्रिल २०२४, शुक्रबारका दिन आयोजना हुन गइरहेको कार्यक्रममा ओमानवासी नेपालीहरूलाई सहभागी भएर कार्यक्रमलाई भव्य र सभ्य रूपमा सफल बनाउन सहयोग गर्न क्लबले आव्हान गरेको छ । कार्यक्रम अल मत्रिम हल, मबेला, केन्द्रीय फलफूल तथा तरकारी मण्डीको नजिकै हुँदै छ । कार्यक्रमको प्रवेश शुल्क रि.ओ ५ रहेको छ र कार्यक्रममा खानाको व्यवस्था पनि रहेको छ । 
     
    कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेका जानकारी दिँदै क्लबका महासचिव सुसन श्रेष्ठले कार्यक्रमको उद्देश्य नेपाली नयाँ वर्ष मनाउनु का साथै क्लबको राहत तथा उद्धार कोष वृद्धिको लागि पनि रहेको बारे प्रकाश पार्नुभएको छ । श्रेष्ठका अनुसार यस कार्यक्रमको सम्पूर्ण बचत क्लबको राहत तथा उद्धार कोषमा जाने छ ।
     
    कार्यक्रमका बारेमा थप जानकारी दिँदै क्लबका अध्यक्ष विकल झाले ओमानमा रहेका नेपाली संघ संस्थाहरूलाई आलोपालो कार्यक्रमहरू संचालन गर्न दिँदै गर्दा लामो समय हामी उद्धार राहत, परोपकारी र चेतनामूलक कार्यक्रममा धेरै व्यस्त थियौ र यो वर्ष हाम्रो आयोजनामा नेपाली नयाँ वर्ष मनाऔँ भन्ने उद्देश्य स्वरूप कार्यक्रम आयोजना गरिएको झा ले जानकारी दिनुभएको छ।


    मंगलवार, चैत्र १३ २०८००८:१३:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij