Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

जनतामा छाएको निराशा आशामा बदल्ने जिम्मेवारी अहिलेको सरकारमाथि छ: ठाकुर गैरे

जनतामा छाएको निराशा आशामा बदल्ने जिम्मेवारी अहिलेको सरकारमाथि छ: ठाकुर गैरे

  • मंगलवार, चैत्र १३ २०८०

  • 595
    SHARES

  • जनतामा छाएको निराशा आशामा बदल्ने जिम्मेवारी अहिलेको सरकारमाथि छ: ठाकुर गैरे

    काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा एमालेका नेता ठाकुर गैरेले अहिलेको गठबन्धन सरकारमा रहेका मन्त्रीहरु सक्षम रहेको बताउनुभएको छ । देश र जनताका लागि प्रतिवद्ध भएर काम गरे गरेनन् भन्ने कुरा आगामी दिनको काम र नतिजाले देखाउने भए पनि अहिलेका मन्त्रीबाट केहि आस गर्न सकिने नेता गैरेको विश्वास रहेको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता गैरेले मन्त्रीहरु सबै योग्य रहेको र अहिले काम गरेर देखाउने अवसर मिलेकाले यो समयमा काम गरेर, नतिजा दिएर सफल मन्त्री र सफल सरकार बनाएर देखाउने जिम्मा पनि अहिलेका मन्त्रीहरुको भएको स्पष्ट पार्नुभयो ।

    यस्तै उहाँले राम्रो काम र नतिजाका लागि गठबन्धनमा रहेका दलहरुले आवश्यक पहलकदमी गरिदिएर संसद र सरकारलाई प्रभावकारी बनाउने हिसावले अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

    आम जनताको दलहरुप्रति टुटेको भरोसालाई जगाउने अवसर वर्तमान सरकारलाई मिलेकाले त्यहि किसिमले काम गरेर देखाएर सरकारले यसलाई सफल बनाउनुपर्ने उहाँको भनाइ छ ।

    यस्तै अर्को प्रसंगमा नेता गैरेले प्रदेश सरकारमा भागवण्डा छलफलकै क्रममा रहेको र छलफल र कार्यन्वयन संगसंगै हुने बताउनुभएको छ ।
    हिजो शिर्ष दलहरुबीच भएको छलफलबाट सहमित भएको हो ।

    एमालेले कोशी, गण्डकी र कर्णाली, माओवादीले वाग्मती र लुम्बिनी जसपाले मधेश तथा नागरिक उन्मुक्तिले सुदूरपश्चिमको मुख्यमन्त्री पाउनले लगभग निश्चित भएको छ ।

    प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच सोमबार भएको अनौपचारिक छलफलमा प्रदेशको भागबन्डा आज टुंग्याउने सहमति भएको हो ।


    मंगलवार, चैत्र १३ २०८००८:१५:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij