Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

परराष्ट्रमन्त्री र सीपीपीसीसीका केन्द्रीय अध्यक्षबीच भेटवार्ता

परराष्ट्रमन्त्री र सीपीपीसीसीका केन्द्रीय अध्यक्षबीच भेटवार्ता

  • मंगलवार, चैत्र १३ २०८०

  • 299
    SHARES

  • परराष्ट्रमन्त्री र सीपीपीसीसीका केन्द्रीय अध्यक्षबीच भेटवार्ता

    एजेन्सी । चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चिनिया कम्युनिष्ट पार्टीको स्थायी समिति सदस्य एवं चिनिया जनराजनीतिक परामर्श सम्मेलन (सीपीपीसीसी)का केन्द्रीय अध्यक्ष वान हुनिनबीच द्विपक्षीय भेटवार्ता भएको छ ।

    बेइजिङस्थित स्टेट गेष्ट हाउसमा सोमबार अपराह्न भएको भेटमा उनीहरूबीच द्विपक्षीय हितका साथै आर्थिक र सामाजिक विकासका विविध आयामबारे छलफल भएको थियो ।

    परराष्ट्रमन्त्री श्रेष्ठले चीन र नेपाल सदियौँदेखि असल मित्रका रूपमा रहेको स्मरण गराउँदैनेपाल एक चीन सिद्धान्तप्रति प्रतिबद्ध रहेको दोहोर्याउनुभयो ।

    नेपाल राजनीतिक परिवर्तन पछाडि आर्थिक विकासमा केन्द्रित भएको जनाउँदै परराष्ट्रमन्त्री श्रेष्ठले नेपालको आर्थिक समृद्धिको यात्रामा चिनिया सहयोग महत्वपूर्ण हुने बताउनुभयो । चीनले नेपालको विकासमा पुर्‍याउँदै आएको सहयोगको सरहाना गर्दै उहाँले आगामी दिन चिनियाँ सहयोग अभिवृद्धि हुने अपेक्षा गर्नुभयो।

    परराष्ट्रमन्त्री श्रेष्ठले नेपाल–चीन सीमामा रहेका १४ वटा परम्परागत नाका पुनः सञ्चालनका लागि सहयोग गर्न आग्रह गर्दै उनले पोखरा विमानस्थलमा चीनका विभिन्न शहरबाट नियमित हवाइ उडान गर्न अनुरोध गरे। नेपालले चिनिया पर्यटकलाई प्रवेशाज्ञा (भिसा)मा सहजीकरण गरेको स्मरण गराउँदै उनले नेपाली नागरिकलाई पनि चीन प्रवेशमा सहज व्यवस्था मिलाउन आग्रह गर्नुभयो।

    सीपीपीसीसीका अध्यक्ष हुनिनले चीन र नेपाल हिमालय र नदीले जोडिएको मुलुक मात्र नभई एउटै परिवारका सदस्यका रूपमा रहेको बताए। उनले दुवै देशका तर्फबाट भएका उच्चस्तरीय भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाएको बताउनुभयो।

    चीनले नेपालको आन्तरिक मामिलामा कुनै हस्तक्षेप नगर्ने स्पष्ट पार्दै सीपीपीसीसीका अध्यक्ष हुनिनले नेपालले आफ्नो मुलुकको समृद्धिका लागि लिने निर्णयप्रति चीनको दृढ समर्थन रहने बताउनुभयो । चीन र नेपाल दुवै आर्थिक समृद्धिको दिशामा सँगसँगै अघि बढ्नुपर्ने भन्दै उनले नेपाललाई भूपरिवेष्ठित मुलुकबाट भूजडित मुलुकका रूपमा लैजान सहयोग रहने बताउनुभयो ।

     

     


    मंगलवार, चैत्र १३ २०८००६:४१:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij