काठमाडौ । नेकपा एमालेको सचिवालय बैठकले आगामी उपनिर्वाचनका लागि उम्मेदवार चयन गरेको छ। चासोपूर्वक हेरिएको इलाम–२ का लागि एमालेले सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताउनुभयो ।
सुहाङ एमालेका तत्कालीन उपाध्यक्ष सुवास नेम्वाङका छोरा हुन्। सुवासको निधन भए पश्चात् नै सुहाङलाई त्यस क्षेत्रको सम्भावित उम्मेदवारको रुपमा हेरिएको थियो । स्वयं सुहाङले पनि त्यसका निम्ति सक्रियता देखाइरहेका थिए।
२०७९ मंसिर ४ मा सम्पन्न निर्वाचनमा इलाम २ मा सुवास नेम्वाङ विजयी भएका थिए । उनको निधन भएपछि रिक्त रहेको सो निर्वाचन क्षेत्रमा आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदैछ।
त्यस्तै रिक्त प्रदेश सभा सदस्यका लागि उपनिर्वाचन हुने बझाङमा एमालेले दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।