Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

परराष्ट्रमन्त्री श्रेष्ठ आज एक साता लामो चीन भ्रमणमा जाँदै

परराष्ट्रमन्त्री श्रेष्ठ आज एक साता लामो चीन भ्रमणमा जाँदै

  • आइतवार, चैत्र ११ २०८०

  • 370
    SHARES

  • परराष्ट्रमन्त्री श्रेष्ठ आज एक साता लामो चीन भ्रमणमा जाँदै

    काठमाडौं । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज एक साता लामो चीन भ्रमणमा जाँदै हुनुहुन्छ ।

    चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरो सदस्य तथा जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा उनी चीन भ्रमण जान लाग्नुभएको हो ।

    श्रेष्ठ आज राति ११ बजे त्यसतर्फ प्रस्थान गर्ने उहाँको सचिवालयले जनाएको छ । भ्रमणका क्रममा मन्त्री श्रेष्ठले चिनियाँ विदेशमन्त्री वाङसँग चैत १३ गते द्विपक्षीय भेटवार्ता गर्नेछन् ।

    साथै उहाँले बेइजिङ र अन्य प्रान्तहरूमा जनवादी गणतन्त्र चीनका उच्च स्तरका विशिष्ट व्यक्तिहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । उपप्रधानमन्त्री श्रेष्ठ यही चैत १९ गते स्वदेश फर्किने कार्यतालिका रहेको छ ।


    आइतवार, चैत्र ११ २०८००९:५६:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij