Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

अफगानिस्तानको एक शैक्षिक केन्द्रमा आत्मघाती बम बिस्फोट, १८ जनाको मृत्यु

अफगानिस्तानको एक शैक्षिक केन्द्रमा आत्मघाती बम बिस्फोट, १८ जनाको मृत्यु

  • आइतवार, कार्तिक ९ २०७७

  • 1.3K
    SHARES

  • अफगानिस्तानको एक शैक्षिक केन्द्रमा आत्मघाती बम बिस्फोट, १८ जनाको मृत्यु

    एजेन्सी। अफगानिस्तानको राजधानी काबुलमा रहेको एउटा शैक्षिक केन्द्रमा गराइएको आत्मघाती बम विस्फोटमा कम्तीमा १८ जनाको मृत्यु भएको छ ।

    निजी रुपमा सञ्चालित शैक्षिक केन्द्रमा आत्मघाती बम विस्फोट गराइएको अफगानिस्तानको आन्तरिक मन्त्रालयले जनाएको छ । उक्त केन्द्रमा सयौँ विद्यार्थी पढ्ने गर्थे ।

    विस्फोटमा परी घाइते भएकालाई अस्पताल लगिएको छ भने मृतकको संख्या अझ बढ्न सक्ने बताइएको छ । विस्फोटको जिम्मा सामाजिक सञ्जालबाट चरमपन्थी समूह इस्लामिक स्टेटले लिए पनि आधिकारिक प्रमाण भने उपलब्ध गराएको छैन ।

    अफगान आन्तरिक मन्त्रालयका अनुसार एक जना आत्मघाती आक्रमणकारी शैक्षिक केन्द्रमा पस्न खोज्दा सुरक्षा गार्डले रोकेपछि बम विस्फोट गराएको बिबिसीले जनाएको छ ।

     


    आइतवार, कार्तिक ९ २०७७०७:२९:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij