Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

होलीलाई सुरक्षित र मर्यादित बनाउन तीन हजार सुरक्षाकर्मी तैनाथ

होलीलाई सुरक्षित र मर्यादित बनाउन तीन हजार सुरक्षाकर्मी तैनाथ

  • शनिवार, चैत्र १० २०८०

  • 716
    SHARES

  • होलीलाई सुरक्षित र मर्यादित बनाउन तीन हजार सुरक्षाकर्मी तैनाथ

    काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले फागु पर्व (होली) लाई सुरक्षित र मर्यादित बनाउन उपत्यकामा कडाइ गर्ने भएको छ । होलीलाई लक्षित गरी काठमाडौंमा तीन हजार सुरक्षाकर्मी खटिने भएका छन् ।

    होली पर्वका दिन काठमाडौंमा उच्छृङ्खल गतिविधि गर्ने, लागू पदार्थ सेवन (लापसे) गरी सवारी चलाउने, मादक पदार्थ सेवन (मापसे) गरी हो–हल्ला गर्ने, सर्वसाधारणलाई त्रसिद बनाउनेलगायत क्रियाकलाप गर्नेलाई कारबाही गरिने जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

    ‘हामीले सभ्य, भव्य तरिकामा फागु पर्व मनाउन सबैमा आग्रह गरेका छौँ । कानुन विपरीत अवाञ्छित तथा उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कडाभन्दा कडा कारबाही गरिने छ’, उहाँले भन्नुभयो ।

    यस वर्षको होली पर्वका लागि दुई हजार पाँचसय पोसाकधारी र पाँच सय सादा पोसाकका गरी तीन हजारको सङ्ख्यामा प्रहरी खटिने जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।


    शनिवार, चैत्र १० २०८००४:४१:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij