काठमाडौं । नेपाली राजनीतिज्ञमा पछिल्लो समय राजनीतिक नैतिकताको खडेरी देखिएको नेपाली कांग्रेसका नेता नैनसिंह महरले बताउनुभयो ।
प्राज्ञिक विमर्श समूहले काठमाडौंको कीर्तिपुरमा आयोजना गरेको लोकतन्त्र र नैतिकता विषयक बहसमा नेता महरले राजनीतिज्ञमा नैतिकता मुख्य विषय भए पनि त्यसमा ह्रास हुने क्रम बढ्दो रहेको बताउनुभयो ।
सदनमा लामो समयदेखि उच्चस्तरीय छानबिन समितिको कुरा उठेको र जनताले पनि यो विषय उठाइरहेकोमा सांसदहरूको गैरजिम्मेवार व्यवहारका कारण समिति गठन हुन सकेको उहाँको भनाइ छ ।
देशप्रति सांसदहरू जिम्मेवार देखिनु आवश्यक रहेकोको उहाँको जोड छ । यद्यपि, उच्चस्तरीय छानबिन समिति बन्न नसकेको उहाँ बताउनुहुन्छ ।
नैतिक भ्रष्टिकरण भएका व्यक्तिहरूका कारण पनि देशलाई गम्भीर असर पारिरहेको उहाँको ठहर छ ।