Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

अनसनरत सहकारी पीडितका अगुवा केसीको अवस्था गम्भीर, जीवन रक्षाको माग गर्दै सरकारको ध्यानाकर्षण

अनसनरत सहकारी पीडितका अगुवा केसीको अवस्था गम्भीर, जीवन रक्षाको माग गर्दै सरकारको ध्यानाकर्षण

  • बिहिवार, चैत्र ८ २०८०

  • 686
    SHARES

  • अनसनरत सहकारी पीडितका अगुवा केसीको अवस्था गम्भीर, जीवन रक्षाको माग गर्दै सरकारको ध्यानाकर्षण
    काठमाडौं । आमरण अनसनमा रहनुभएका सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय महासंघका अध्यक्ष कुशलब केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ ।
     
    केसीलाई चैत १ गते भृकुटीमण्डपमा प्रदर्शनका क्रममा प्रहरीले कुटपिट गरी पक्राउ गरेर थुनामा राखेको र त्यही दिनदेखि उहाँले आमरण अनसन सुरु गरेको, दुई दिनपछि वीर हस्पिटल लगिएको र त्यसपछि रिहा गरेलगत्तै तीनकुनेमा आमरण अनसन रहेका उहाँको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको आन्दोलनकारीहरूले बताएका छन् ।
     
    ‘उहाँको शरीरमा रहेको घाउचोट र आमरण अनसनका कारण स्वास्थ्य अवस्था अत्यन्त नाजुक भएकाले तत्काल उहाँको जीवन रक्षाका लागि आवाज उठाउनु हामी सबैको कर्तव्य भएकाले उहाँको विषयलाई उठान गरिदिनुपर्ने भएको छ,’ एक आन्दोलनकारीले भन्नुभयो ।
     
    त्यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पनि केसीको अवस्था नाजुक रहेकोतर्फ सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराउनुभएको छ । उहाँले सहकारी बचतकर्ताहरूको जायज माग तत्काल सम्बोधन गर्न पनि सरकारसँग माग गर्नुभएको छ ।
     
    त्यस्तै राष्ट्रिय मानवअधिकार आयोगले पनि केसीको जीवन रक्षा गर्न र सहकारी बचतकर्ताहरूको उठाएका मागहरू सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
     
    ‘अनसनरत केसीको स्वास्थ्य अवस्थाप्रति संवेदनशील भई वार्ता र संवादका माध्यमबाट सहकारी पीडितहरूको समस्याको समाधान गर्न आयोग सरकारको ध्यानाकर्षण गराउँदछ,’ आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
     
    11.jpg


    बिहिवार, चैत्र ८ २०८००४:१४:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij