Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

बजेट ल्याउँदा सांसदको भरोसा गर्नुहोस् : प्रकाश ज्वाला

बजेट ल्याउँदा सांसदको भरोसा गर्नुहोस् : प्रकाश ज्वाला

  • बुधवार, चैत्र ७ २०८०

  • 637
    SHARES

  • बजेट ल्याउँदा सांसदको भरोसा गर्नुहोस् : प्रकाश ज्वाला

    काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का सांसद प्रकाश ज्वालाले आगामी आवको बजेट निर्माणमा सांसदको भरोसा गर्न अर्थमन्त्री वर्षमान पुनलाई आग्रह गर्नुभएको छ ।

    सांसद ज्वालाले विज्ञ भनेपनि, सल्लाहकार भने पनि, अनुभवी व्यक्ति भने पनि जनतासँग जोडिएका व्यक्ति सांसद भएकाले उनीहरूलाई भरोसा गरेर सरकारले बजेट ल्याउनुपर्ने बताउनुभएको हो । बुधवार प्रतिनिधिसभा बैठकमा आगामी आवको बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उहाँले योजना निर्माणमा पनि सांसदहरूको सुझावलाई सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

    सांसद ज्वालाले सरकारले मुलुकको अर्थतन्त्रलाई माथि उठाउने र समृद्धिको चाहनालाई तीव्रता दिने गरी बजेट ल्याउने अपेक्षा समेत गर्नुभयो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ बजेट परम्परा तोड्ने खालको हुने भन्दै आएको उल्लेख गर्दै सोही अनुसार आउनेमा आफूहरू आशावादी रहेको पनि बताउनुभयो ।

     


    बुधवार, चैत्र ७ २०८००२:२४:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij