Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

नेप्सेमा ३.२७ अंकको वृद्धि, कारोबार दुई अर्बमा झर्‍यो

नेप्सेमा ३.२७ अंकको वृद्धि, कारोबार दुई अर्बमा झर्‍यो

  • सोमवार, चैत्र ५ २०८०

  • 767
    SHARES

  • नेप्सेमा ३.२७ अंकको वृद्धि, कारोबार दुई अर्बमा झर्‍यो
    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा आज सामान्य अंकको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव २७ अंकले बढेर दुई हजार ७३ दशमलव ५३ को बिन्दुमा कायम भएको छ । 
     
    आज तीन सय तीन कम्पनीको ७४ लाख ५९ हजार चार सय २४ कित्ता सेयर ५३ हजार दुई सय ५६ पटक खरिदबिक्री हुँदा दुई अर्ब ८८ करोड ५६ लाख ३७ हजार आठ सय १८ बराबरको कारोबार भएको छ । 
     
    यसदिन चार उपसमूहको सूचक बढ्दा बाँकी ९ वटा उपसमूहको सूचक नकारात्मक देखिए। कारोबारमा आएका १४८ कम्पनीको मूल्य बढ्दा ८६ वटाको घट्यो भने बाँकी ९ वटाको मूल्य भने स्थिर रह्यो ।
     
    बैंकिङ समूह शून्य दशमलव ०३, लगानी समूह शून्य दशमलव ४६, उत्पादन तथा प्रशोधन शून्य दशमलव ८२ र निर्जीवन बीमा समूह शून्य दशमलव १० प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै विकास बैंक समूह एक दशमलव ३० र वित्त समूह एक दशमलव ०८ प्रतिशतले बढेको छ ।
     
    गुर्खाज फाइनान्स लिमिटेड, सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड, पिपुल्स पावर लिमिटेड र धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य पाँच दशमलव १५ प्रतिशतले घटेको छ ।
     
    कारोबार रकममा आधारमा गुर्खाज फाइनान्स लिमिटेडको २३ करोड १४ लाख ५८ हजार ७७ बराबरको कारोबार भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने अपर तामाकोशी हाईड्रोपावर लिमिटेडको छ लाख ४२ हजार पाँच सय ९१ कित्ता सेयर किनबेच भनेको छ ।


    सोमवार, चैत्र ५ २०८००४:१६:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij