Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

भौतिक पूर्वाधार मन्त्री बने दीपक मनाङे

भौतिक पूर्वाधार मन्त्री बने दीपक मनाङे

  • सोमवार, चैत्र ५ २०८०

  • 2.0K
    SHARES

  • भौतिक पूर्वाधार मन्त्री बने दीपक मनाङे

    काठमाडौं । एकीकृत समाजवादी त्यागेर स्वतन्त्र सांसदको हैसियत मागेका राजीव गुरुङ (दीपक मनाङे) मन्त्री बन्नुभएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङेलाई भौतिक पुर्वाधार मन्त्री नियुक्त गर्नुभएको हो ।

    भौतिक पूर्वाधारमा यसअघि माओवादी केन्द्रकी रेशम जुग्जाली मन्त्री हुनुहुन्थ्यो ।

    केन्द्रमा समीकरण फेरिएपछि मुख्यमन्त्री पाण्डेले माओवादी मन्त्रीलाई बर्खास्त गरेर भौतिक र सामाजिक विकास मन्त्रालय आफैँसँग राख्नुभएको थियो ।

    सामाजिक विकास मन्त्रालयको जिम्मेवारी भने महेन्द्रध्वज जिसीले पाउनुभएको छ ।

    स्वतन्त्र रुपमा उम्मेदवारी दिएर सांसद बनेर नेकपा एकीकृत समाजवादी प्रवेश गरेका मनाङेले पुनः स्वतन्त्र सांसदको रुपमा बनाउन आइतबार प्रदेश सभा सचिवालयमा निवेदन दिनुभएको थियो ।

    आज दिउँसो साढे ३ बजे सपथको तयारी भैरहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।


    सोमवार, चैत्र ५ २०८००१:५९:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij