Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

अन्सारीको निधनप्रति शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक स्थगित

अन्सारीको निधनप्रति शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक स्थगित

  • आइतवार, चैत्र ४ २०८०

  • 1.5K
    SHARES

  • अन्सारीको निधनप्रति शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक स्थगित

    काठमाडौं । प्रतिनिधि सभाले सांसद मञ्जु शर्मा अन्सारीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

    आइतबार बसेको बैठकले जनता समाजवादी पार्टीकी सांसद अन्सारीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । शोक प्रस्ताव पारित भएसँगै प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

    ६० वर्षीय शर्माको आइतबार बिहान निधन भएको हो । उनको उपचारको क्रममा काठमाडौंको सिभिल अस्पतालमा निधन भएको जनता समाजवादी पार्टीले जनाएको छ । उनी जनता समाजवादी पार्टी, नेपालको पोलिटब्यूरो सदस्य थिइन् ।

    २०२० साल माघ १९ गते जन्मिएकी अन्सारी २०७९ चैत १९ गते प्रतिनिधि सभा सदस्य चयन भएकी थिइन् ।

    जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको स्थानमा शर्मा सांसद भएकी थिइन् ।


    आइतवार, चैत्र ४ २०८०१२:४०:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij