Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

सुन तस्करी उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन सीआईबीले बुझ्यो

सुन तस्करी उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन सीआईबीले बुझ्यो

  • आइतवार, चैत्र ४ २०८०

  • 631
    SHARES

  • सुन तस्करी उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन सीआईबीले बुझ्यो

    काठमाडौं । सुन तस्करी उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बुझेको छ ।

    पूर्वन्यायाधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको आयोगको प्रतिवेदन आइतबार सीआईबीले बुझेको हो ।

    आइतबार गृह मन्त्रालयमा प्रतिवेदन बुझेको सीआईबीका एआईजी श्यामलाल ज्ञवालीले बताउनुभयो। अहिले नै कसलाई कारबाही हुने, कसलाई पक्राउ गर्ने भन्ने विषय यकिन हुन बाँकी नै रहेको ज्ञवालीले बताउनुभयो ।

    विमानस्थलको भन्सार जाँच पार गरेको तस्करी भएको ६० किलो सुन, भेपमार्फत आएको सुन तस्करी लगायतमा राजनीतिक नेतृत्वलाई जोगाइएको आरोप लागिरहेका बेला उच्चस्तरीय छानबिन आयोग बनाउन दबाब बढेको थियो ।

    त्यसबीचमा सरकारले पूर्वन्यायाधीश आचार्यको नेतृत्वमा आयोग बनाएको थियो । आयोगमा किशोरजंग कार्की, प्रेमराज जोशी र सहकुल थापा सदस्य थिए ।

     


    आइतवार, चैत्र ४ २०८०१२:३५:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij