Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

पेट्रोलको मूल्य घट्यो

पेट्रोलको मूल्य घट्यो

  • शनिवार, चैत्र ३ २०८०

  • 1.5K
    SHARES

  • पेट्रोलको मूल्य घट्यो

    काठमाडौं । पेट्रोलको मूल्य घटेको छ । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य १–२ रुपैयाँले घटाएको हो । निगम सञ्चालक समितिको बैठकले गएरातिदेखि लागू हुने गरी पेट्रोलको मूल्यमा प्रतिलिटर एक र डिजेलरमट्टीतेलको मूल्यमा प्रतिलिटर दुई रुपैयाँ घटाएको हो ।

    निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि देशका विभिन्न ठाउँहरूलाई तीन वर्गमा विभाजन गरेको छ । पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन् । यो क्षेत्रमा अब पेट्रोलको मूल्य लिटरको १६८ रूपैयाँ ५० पैसा तथा डिजेल र मट्टीतेलको मूल्य लिटरको १५५ रूपैयाँ ५० पैसा पर्नेछ ।

    दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङ क्षेत्रमा अब पेट्रोलको मूल्य लिटरको १७० रूपैयाँ तथा डिजेल र मट्टीतेलको मूल्य लिटरको १५७ रूपैयाँ पर्नेछ ।

    यस्तै तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा अब पेट्रोलको मूल्य लिटरको १७१ रूपैयाँ तथा डिजेल र मट्टीतेलको भाउ लिटरको १५८ रूपैयाँ पर्नेछ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ ।


    शनिवार, चैत्र ३ २०८००६:२५:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij