काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन बुझाईएको छ ।
केहिबेर अघि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री निवास बालुवाटार पुगेर आयोगको प्रतिवेदन प्रधानमन्त्री प्रचण्डलाई बुझाउनुभएको हो ।
यसअघि जाँचबुझ आयोगले हिजो गृहमन्त्री लामिछानेलाई प्रतिवेदन बुझाएको थियो । गृहमन्त्रीबाट प्रतिवेदन बुझ्दै प्रधानमन्त्री प्रचण्डले सुन तस्करी प्रकरणमा मुछिएका जोसुकैलाई पनि कारबाहीको दायरामा ल्याउन निर्देशन दिनुभएको छ ।
गृहमन्त्री लामिछानेसँगै नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर पनि प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको थियो ।