Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधिसभा बैठक : गृहमन्त्रीको नियुक्तिमा कांग्रेसले माग्यो प्रधानमन्त्रीको जवाफ

प्रतिनिधिसभा बैठक : गृहमन्त्रीको नियुक्तिमा कांग्रेसले माग्यो प्रधानमन्त्रीको जवाफ

  • बिहिवार, चैत्र १ २०८०

  • 1.0K
    SHARES

  • प्रतिनिधिसभा बैठक : गृहमन्त्रीको नियुक्तिमा कांग्रेसले माग्यो प्रधानमन्त्रीको जवाफ
    काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री एवम् गृहमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् सांसद रवि लामिछानेको नियुक्तिका विषयमा सरकारसँग जवाफ माग गरेको छ । 
     
    आजको बैठक प्रारम्भ हुनासाथ कांग्रेसका सांसदहरू आफ्नो स्थानबाट उठेपछि सभामुख देवराज घिमिरेले सांसद बद्रीप्रसाद पाण्डेलाई बोल्न समय दिनुभएको थियो । सांसद पाण्डेले अनुसन्धानमा जोडिएका व्यक्ति सरकारमा पुगेकोमा असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले सो विषयमा निष्पक्ष छानबिन हुनेमा आशंका व्यक्त गर्नुभयो ।
     
    सांसद पाण्डेले सो विषयमा प्रधानमन्त्री दाहालबाट यथाशीघ्र जवाफ दिन सभामुखसँग रुलिङको माग गर्नुभयो। तत्पश्चात् सभामुख घिमिरेले सदनमा उठेका विषयमा आफ्नो ध्यानाकर्षण भएको र सरकारले यसबारे ध्यान दिने विश्वास व्यक्त गर्नुभयो ।


    बिहिवार, चैत्र १ २०८००२:०४:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij