Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

नवनियुक्त तीन प्रदेश प्रमुखले लिए शपथ

नवनियुक्त तीन प्रदेश प्रमुखले लिए शपथ

  • बिहिवार, चैत्र १ २०८०

  • 383
    SHARES

  • नवनियुक्त तीन प्रदेश प्रमुखले लिए शपथ

    काठमाडौं । नवनियुक्त तीन प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    मधेशमा सुमित्रा सुवेदी, गण्डकीमा डिल्लीराज भट्ट र सुदूरपश्चिममा नजिर मियाले प्रदेश प्रमुखको शपथ लिनुभएको हो । मन्त्रिपरिषदको सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरुलाई हिजो प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको थियो ।

    यसअघि मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले मधेशका प्रदेश प्रमुख हरिशंकर मिश्र, गण्डकीका पृथ्वीमान गुरुङ र सुदूरपश्चिमका देवराज जोशीलाई पदमुक्त गर्नुभएको थियो ।


    बिहिवार, चैत्र १ २०८००७:५९:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij