Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

प्रतिनिधि सभाको बैठक आज बस्दै

प्रतिनिधि सभाको बैठक आज बस्दै

  • बिहिवार, चैत्र १ २०८०

  • 335
    SHARES

  • प्रतिनिधि सभाको बैठक आज बस्दै

    काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा शून्य र विशेष समयमा सांसदहरूलाई बोल्न दिइने छ । बैठक ११ बजे बस्ने छ ।

    साथै बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले 'सङ्घीय निजामती सेवा विधेयक, २०८०' लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि जनाएको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूचीमा उल्लेख छ । 

    यस्तै, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले 'सङ्घीय निजामती सेवा विधेयक, २०८०' संसदमा प्रस्तुत गर्नेछन् ।  सरकारले  'निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८० माथि विचार गरियोस्' भन्ने प्रस्ताव पनि आजको बैठकमा प्रस्तुत गर्ने तयारी गरेको जानकारी गराएका छन् । 

    आजकै बैठकमा आ.व. २०८१-०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) का विषयमा छलफल सुरु गरिने सचिवालयले सम्भावित कार्यसूचीमा उल्लेख गरेको छ । 

     


    बिहिवार, चैत्र १ २०८००७:५२:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij